काठमाडौँ, साउन १२ गते क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीवाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ ।
बयालीस जना यात्री क्षमताको उक्त डुङ्गामा ७० जना सवार थिए । तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेकाे आशङ्का गरिएको छ ।
बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।