बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो

जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो

मेगा खबर संवाददाता

११, श्रावण २०८०
  • 898
    SHARES

  • जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो

    काठमाडौँ, साउन   ११ गते, जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ ।

    जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांक अनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या (मूलवासी र विदेशी गरी) १२.५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २ लाख ८९ हजार ५०० ले बढेको छ । यो वृद्धि १० प्रतिशतभन्दा बढी छ ।

    तर, यही अवधिमा जापानी नागरिकको जनसङ्ख्या भने ८ लाख ५२३ ले घटेको छ । सन् २००९ मा उच्च विन्दुमा पुगेपछि पछिल्ला १४ वर्षदेखि यो जनसङ्ख्या निरन्तर घटिरहेको छ । जापानका सबै क्षेत्रमा जापानी नागरिकको जनसङ्ख्या घटेको यो पहिलो अवसर पनि हो ।

    विदेशी नागरिकको सङ्ख्या बढेका कारण राजधानी टोकियोको कूल जनसङ्ख्या भने बढेको छ । गत वर्ष जापानको मृत्युदर पनि उच्च पुगेको थियो । गत वर्ष १५.६ लाख जनाको मृत्यु भएको थियो । यो अवधिमा ७ लाख ७१ हजार ८०१ जना शिशुको जन्म भएको थियो । जापानसँगै चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानले पनि जापानको जस्तै समस्या भोगिरहेका छन् । 

    बिहिवार, श्रावण ११ २०८००४:०५:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार