काठमाडौँ, साउन ८ गते, अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेकी आफू पनि आत्महत्या गरेकी छन् ।
ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोरीको हत्या गरेकी हुन् । ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो । ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो । ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन् ।
ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । फक्स न्युजका अनुसार घटना बिहीबारको हो । प्रहरी टोली यहाँ गस्तीमा थियो । त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए ।
घटना भएकै बेला प्रहरी स्थलमा पुगेको थियो । जहाँ महिला कराएको आवाज प्रहरीले सुनेका फक्स न्युजले लेखेको छ । घरबाहिर बार लगाइएको थियो । ती महिलाको हातमा बन्दुक थियो । प्रहरीले महिलासँग कुरा गर्न पनि खोजेको समाचारमा जनाइएको छ। त्यसपछि प्रहरीले घर घेरा हालेको थियो ।
यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टोली पनि उपस्थित भइसकेको थियो । ओएसबीआईका एक अधिकारीले भनेका छन्, 'महिलाले पहिला तीन बच्चाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट स्पष्ट भएको छ । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।