बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु, १० जना बेपत्ता

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु, १० जना बेपत्ता

मेगा खबर संवाददाता

३१, आषाढ २०८०
  • 931
    SHARES

  • कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु, १० जना बेपत्ता

    काठमाडाैँ,असार ३१ गते, दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो । 

    पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् ।  गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

    उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो । 

    अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय ६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ । सडक भत्किएका छन् भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र दृष्टिगोचर हुन्छ ।  

    आइतवार, आषाढ ३१ २०८००२:१४:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार