बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अमेरिकाभर अक्टोबरसम्ममा कोरोना विरुद्धको खोप वितरण हुन सक्नेः  डोनाल्ड ट्रम्प

अमेरिकाभर अक्टोबरसम्ममा कोरोना विरुद्धको खोप वितरण हुन सक्नेः  डोनाल्ड ट्रम्प

मेगा खबर संवाददाता

१, आश्विन २०७७
  • 1.8K
    SHARES

  • अमेरिकाभर अक्टोबरसम्ममा कोरोना विरुद्धको खोप वितरण हुन सक्नेः  डोनाल्ड ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन् ।

    उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए । कोरोनाभाइरस विरुद्धको खोप तयार हुदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, उनले भने ।

    उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताए । “यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।”उनले भने । 

    आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याट तर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए । कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ ।

    बिहिवार, आश्विन १ २०७७०१:२२:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार