बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर ऋण प्रदान गर्ने

नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर ऋण प्रदान गर्ने

  • 850
    SHARES

  • नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर ऋण प्रदान गर्ने

    काठमाडाैँ, जेठ ४  एसियाली विकास बैङ्क (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

    भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग कोरिडोरको हिस्साको रूपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।

    मनिलास्थित बैङ्कको प्रधानकार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तर्राष्ट्रियकरण उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।  

    शुक्रवार, जेठ ५ २०८०११:३५:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार