फाईल तस्बिर
एजेन्सी । अमेरिकाको वायुसेनाले सेनामा कृत्रिम बौद्धिकताको उपयोग बढाउनका लागि रोबोट कुकुरहरू राखेर ठूलो अभ्यास गरेको छ । युद्धभूमिमा मानव सैनिकहरू प्रवेश गर्नुअघि जोखिम आकलनका लागि रोबोट कुकुरहरूलाई तालिम दिइएको हो ।
चारवटा खुट्टा भएका अनि टाउको नभएका यान्त्रिक कुकुरहरूलाई अमेरिकाको नेभादामा रहेको नेल्लिस एयर फोर्स बेसमा विमानबाट निस्केर खतराको संकेत पत्ता लगाउन अह्राइएको थियो ।
ती कुुकुरहरू विकसित युद्ध व्यवस्थापन प्रणालीका एक हिस्सा हुन् । अमेरिकी वायुसेनाले कृत्रिम बौद्धिकता तथा आँकडा विश्लेषण गरेर अमेरिकी सेनालाई हुने जोखिम विश्लेषण गरेर त्यसलाई निस्तेज पार्नेछ ।
कुकुरहरूलाई गोस्ट रोबोटिक्सले बनाएको हो । त्यो फिलाडेल्फियामा रहेको कम्पनी हो । कुकुरलाई भिजन ६० यूजीभी नाम दिइएको छ । कुकुरहरूलाई टाढैबाट नियन्त्रण गर्न सकिन्छ र तिनले युद्धभूमिमा सैनिक जानुअघि त्यहाँको तस्वीर लिन्छन् । उनीहरूलाई उचाइमा चढ्नका लागि र विभिन्न सतहमा जानका लागि तालिम दिइएको छ ।
कुकुरहरू वायुसेनाका ‘किल चेन’ का महत्त्वपूर्ण अंग हुन् । किल चेन सैन्य शब्दावली हो जसले विश्लेषण, योजना निर्माण र सैन्य कारवाहीको प्रक्रियालाई इंगित गर्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।