बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बेरुत बम बिस्फोटः भग्नावशेषभित्र अझै पनि जीवनको संकेत 

बेरुत बम बिस्फोटः भग्नावशेषभित्र अझै पनि जीवनको संकेत 

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 1.9K
    SHARES

  • बेरुत बम बिस्फोटः भग्नावशेषभित्र अझै पनि जीवनको संकेत 

    एजेन्सी । एक महिना अघि  लेबननको बेरुतमा भएको शक्तिशाली बिस्फोटको भग्नावशेषभित्र अझै पनि जीवनको संकेत भेटिएको चिलीका उद्धारकर्ताले बताएका छन् ।उद्धारकार्यमा खटेको टोपोस चिलीका एक सदस्यले अल जजिरासँगको कुराकानीमा स्क्यानिङ मसिन प्रयोग गरेर हेर्दा बिस्फोट भएको भवनको भुइँ तल्लामा ‘पल्स’ र ‘सास फेरिरहेको’ संकेत भेटिएको जानकारी दिए ।

    उनले त्यो विशेषगरी बालकको हुनसक्ने आशंका गरेका छन् ।गत अगस्ट ४ मा भएको बिस्फोटमा १ सय ९१ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।चिलीको उद्धार समूह पुनर्निर्माण चरण अघि भवनलाई सुरक्षित गर्ने मिशन स्वरुप राजधानीको सडकमा यात्रा गरिरहेका छन् ।

    त्यति नै बेला उनीहरुको तालिम प्राप्त कुकुर एक भवनतर्फ दौडिएर त्यहाँ मानवको उपस्थितीबारे जानकारी दिएको अक्रम नेहमीले बताए । अक्रम आच्राफिह २०२० एनजिओका एक सदस्य हुन् जसले टोपोस चिलीलाई बेरुत ल्याउन सहयोग गरे ।लिभ लभ लेबनन नामका एनजीओका एक सदस्य एड्वर्ड बिटारका अनुसार उनीहरुले सेन्सर प्रयोग गरेर भग्नावशेषबाट एक मिनेटमा १७ ब्रेथ साइकल भेटेको बताए ।

    ‘हामीले हाम्रो आशालाई कम नै राखेका छौं । यदि कोही भेटिए, त्यो चमत्कार नै हुनेछ,’ बिटारले भने ।बिटारले भवनका मालिकलाई पक्राउ गरिएको बताए । उक्त भवनका मालिकले भवनमा कोही पनि नभएको बताएका थिए ।उक्त भवनको भग्नावशेषबाट दुर्गन्ध निस्किएपछि थुप्रै मानिसहरुले सुरक्षाकर्मीलाई जानकारी दिएका थिए । यद्यपि, सुरक्षाकर्मीले उक्त भग्नावशेषमा कुनै पनि अनुसन्धान नगरेको बताइएको छ ।

    बिहिबार बिहानैदेखि स्वयंसेवकहरुले उक्त भग्नावशेषबाट एउटा एउटा गरी ढुङ्गा हटाउन थालिएको छ । उक्त उद्धारकार्यमा लेबनन क्लाइम्बर्स, फायरफाइटर्स र नागरिक सुरक्षा कार्यकर्ताको सहभागिता रह्यो ।उद्धारकर्मीले भग्नावशेषमा जीवनको संकेत पत्ता लगाउनका लागि  अत्यधिक मानिसहरुको सहभागिता रहेको उक्त उद्धारकार्यको बीचबीचमा पूर्ण रुपमा मौनता कायम गर्न लगाइएको थियो ।

    बेरुत बिस्फोटको एक महिनापछि बिहिबार लेबननको सैनिकले आफूहरुले बेरुत पोर्टको प्रवेशद्वारमा अमोनियम नाइट्रेटको ४।३५ टन भेटेको घोषणा गरे । 

    शुक्रवार, भाद्र १९ २०७७०३:२९:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार