शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

मोरङमा निषेधाज्ञा

मोरङमा निषेधाज्ञा

मेगा खबर संवाददाता

५, भाद्र २०७७
  • 2.5K
    SHARES

  • मोरङमा निषेधाज्ञा

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । 

     जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार भदौ १० गते राति १२ः०० बजेसम्मका लागि जारी भएको यो निषेधज्ञा विराटनगर महानगरपालिकाको १९ वटै वडा, बुढीगङ्गा गाउँपालिको १,२,३ र ४, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ तथा रङ्गेली नगरपालिकाको ४,५,६ र ७ वडामा लागू हुनेछ ।

    आज जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको सहायक प्रमुख जिल्ला अधिकारी धुव्र खड्काले जानकारी दिए ।
    उनले विगत केही दिनदेखि विराटनगर महानगरपालिका र आसपासका स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको र यसले समुदाय स्तरमा महामारी फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर यो निषेधज्ञा लागू गरेको जानकारी दिए ।


    निषेधज्ञा अवधिभर सरकारी कार्यालयमा सेवाग्राहीलाई सेवा प्राप्त नहुने र कर्मचारीले कार्यालयको आन्तरिक व्यवस्थापनमा मात्र सीमित रहने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
    निषेधज्ञामा अतिआवश्यक काममा खटिने सवारी साधन, कर्मचारी, सञ्चारकर्मीले निर्वाध रुपमा काम गर्न पाउने निर्णय भएको बताइएको छ ।

    विराटनगर महानगरपालिकामा साउन १७ गतेदेखि बन्दाबन्दी शुरु भएको आज अन्तिम दिन निषेधज्ञा जारी भएको र केही दिन पहिले नै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर क्षेत्रमा बढ्दो कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधज्ञा लगाउन प्रदेश सरकारसँग माग गरेका थिए।

    शुक्रवार, भाद्र ५ २०७७०७:३१:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार