बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
लेवनान भयानक बिस्फोट

‘बेरूत रोइरहेको छ, बेरूत चिल्लाइरहेको छ’

‘बेरूत रोइरहेको छ, बेरूत चिल्लाइरहेको छ’

मेगा खबर संवाददाता

२३, श्रावण २०७७
  • 1.2K
    SHARES

  • ‘बेरूत रोइरहेको छ, बेरूत चिल्लाइरहेको छ’

    लेबनानको राजधानी बेरूतका बासिन्दाले सरकारमाथि आक्रोश व्यक्त गरेका छन् । मानिसहरुको आरोप छ कि बेरूत पोर्ट नजिकै गोदाममा भएको भयानक बिस्फोटको पछाडि सरकारको लापर्वाही छ।

    राष्ट्रपति मिशेल आउनले भने कि बिस्फोट २७५० टन अमोनियम नाइट्रेटका कारण भएको हो, जो असुरक्षित तरिकाले पोर्टको एक गोदाममा राखिएको थियो।

    बेरूतका बासिन्दाहरु सरकारी अधिकारीहरुमाथि भ्रष्टाचार, लापर्वाही रकुप्रबन्धनको आरोप लगाइरहेका छन्। मंगलबार भएको यो बिस्फोटमा अहिलेसम्म १३७ मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते छन्। अहिले पनि थुप्रै मानिसहरु बेपत्ता रहेको बताइएको छ।

    2.jpg

    राजधानी बेरूतमा दुई हप्ताका लागि संकटकाल घोषणा गरिएको छ। फिल्मकार जूड चेहाबले भने, ‘बेरूत रोइरहेको छ, बेरूत चिल्लाइरहेको छ । मानिसहरु त्रस्त छन् थाकेका छन्।’

    उनले माग गरे कि यो असावधानीमा संलग्नहरुलाई कानुनी कारबाही हुनुपर्छ।

    बेरूत निवासी चाडिया एलमेओची नाउन अहिले अस्पतालमा छन्। उनले भने, ‘मलाई थाहा थियो कि हाम्रो नेतृत्व असक्षम र अयोग्य छ अयोग्य सरकारले जे गरेको छ त्यो आपराधिक हो ।’

    3.jpg

    लेबनान सरकारले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने घोषणा गरिसकेको छ । त्यहाँको सर्वोच्च सुरक्षा परिषदले पनि घटनाका जिम्मेबारहरुलाई अधिकतम सजाय दिन आदेश गरेको छ ।

    यसैबीच लेबनानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ । बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि स्वास्थ्य सुविधामा निश्चित रुपले दबाद परेको छ र यस्तो बेला कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको विज्ञहरुले बताएका छन् । लेबनानका स्वास्थ्यमन्त्रीले पनि महामारी बढ्न सक्ने तर्फ सचेत हनुुपर्ने बताएका छन्।

    4.jpg

    लेबनानका स्वास्थ्यमन्त्री हमद हसनले स्थानीय सञ्चार माध्यमसँग भने, ‘घाइतेको सहायत र सुरक्षात्मक आपूर्तिको कमीका कारण कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने देखिएको छ ।’

    उनले कोरोना संक्रमितको उपचारका लागि फिल्ड अस्पतालको प्रबन्ध गरिने प्रतिवद्धता पनि जनाएका छन्।

    5.jpg

    6.jpg

     

    शुक्रवार, श्रावण २३ २०७७०७:११:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार