साउन १८, काठमाडौं । डाटा सुरक्षालाई लिएर पछिल्लो एक महिनादेखि भएको लामो वार्ता पश्चात चिनियाँ शर्ट भिडियो अनुप्रयोग टिकटक अमेरिकी स्वामित्वमा जान राजी भएको छ ।
टिकटकले यसअघि अमेरिकाको प्रतिवन्धबाट बच्न आफ्नो शेयरको केही कित्ता अमेरिकालाई दिने भएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही हिस्सेदारी लिन अस्वीकार गरेपछि शुक्रबार यस एपलाई प्रतिवन्ध लगाउन घोषणा गरेका थिए । तर, आइतबार अन्तिम समयमा टिकटकले आफ्नो सम्पूर्ण हिस्सा अमेरिकालाई दिने भएपछि माइक्रोसफ्ट र टिकटकबीच सम्झौता भएको छ ।
समाचार एजेन्सी रोयटर्सकाअनुसार यदि टिकटक माइक्रोसफ्टको स्वामित्वमा आयो भने अमेरिकाका प्रयोगकर्ताहरूका डाटाको सुरक्षाका लागि स्वयम् अमेरिका जिम्मेवार हुने र प्रयोगकर्ताहरुको सम्पूर्ण डाटा माइक्रोसफ्टको सर्भरमा भण्डारण हुनेछ ।
यद्यपि माइक्रोसफ्टसँगको यस सम्झौताबारेमा अहिलेसम्म टिकटक र माइक्रोसफ्टबाट कुनै आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।
अमेरिकामा ८० मिलियन टिकटक प्रयोगकर्ताहरु सक्रिय छन् । यस्तो अवस्थामा टिकटकको यस निर्णयले उसलाई ठूलो नोक्सानबाट बचाउने अपेक्षा गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।