साउन १८, काठमाडौं । भारतमा अहिलेसम्म संक्रमितको कुल संख्या १७ लाख नाघेको छ । १७ लाख ५१ हजारभन्दा बढी संक्रमित भएका छन् । शनिबार ५४ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेपछि संक्रमितको कुल संख्या १७ लाख नाघेको हो ।
संक्रमणमुक्त हुनेको संख्या पनि शनिबारसम्ममा ११ लाख नाघेको छ । अहिलेसम्म ११ लाख ४६ हजार ८२८ संक्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५१ हजार १८१ संक्रमित निको भएको भारतको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै दैनिक भाष्करले जनाएको छ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ४०३ पुगेको छ । शनिबार ८५२ जनाको मृत्यु भयो । तर, केन्द्रिय स्वास्थ्य मन्त्रालयले भने शनिबार मात्र देशमा कोरोनाभाइरस संक्रमण मृत्युदर लगातार घटिरहेको जनाएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।