काठमाण्डाै, वेस्ट इण्डिजसँगको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ ।
जितपछि तीन खेलको एकदिवसीयमा अष्ट्रेलियाले १–० को अग्रता बनाइएको छ । अष्ट्रेलियाले घरेलु टोली वेस्ट इण्डिजलाई डीएल पद्धतीमा १ सय ३३ रनले हराएको समेत छ ।
अष्ट्रेलियाले दिएको २ सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इण्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो । वेस्ट इण्डिजका केइरन पोलार्डले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिएको छ ।
जोश हाजलउडले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । डीएल पद्धतिको आधारमा वेस्ट इण्डिजले २ सय ५७ रनको लक्ष्य पाएको थियो ।
अष्ट्रेलियाका कप्तान एलेक्स केरीले ६७ रनको अर्धशतकीय पारी खेले । वेस्ट इण्डिजका हेडन वाल्सले ५ विकेट लिए । अकिल हुसेन र अल्जारी जोशेफले २२ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछn/ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।