काठमाण्डाै - अस्ट्रेलियासँगको पाँच टी–ट्वान्टी क्रिकेट श्रृङ्खला घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाडि नै जितेको छ ।
बिहानै आज भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले श्रृङ्खला जितेको छ । अस्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टाएको छ ।
वेस्ट इन्डिजका क्रिस गेलले ६७ रनको अर्धशतकीय पारी खेले । योसँगै गेलले टी–ट्वान्टी क्रिकेटमा १४ हजार रन पनि पूरा गरेका छन् । कप्तान निकोलस पुरन ३२ रनमा अविजित रहे । अस्ट्रेलिया राइली मेरिडिथले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।सेन्ट लुसियामा टस जितेर यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । अस्ट्रेलिया मोइजेस हेनरिक्सले सर्वाधिक ३३ रन बनाए ।
कप्तान आरोन फिन्चले ३०, एस्टन टर्नरले २४, म्याथ्यु वेडले २३ रन जोडे । वेस्ट इन्डिजका हेडेन वाल्स जुनियरले २ विकेट, ड्वेन ब्राभो, फबिएन एलेन र ओबेद म्याककोयले एकएक विकेट लिए । चौथो खेल बिहीवार हुनेछ, पहिलो खेलमा वेस्ट इन्डिज १८ र दोस्रो खेलमा ५६ रनले विजयी भएको थियो । ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।