काठमाडाै, करिव डेढ दशक देखि डिसी महानगर क्षेत्रमा जम्दै आएका नेपाली मूलका कलाकार चित्रकार राजेन्द्र केसीले बनाएका चित्रकलाले प्रथम स्थान हासिल गरेका छन् ।
उनले अमेरिकाको मेरिल्याण्ड राज्यको एलिकट सिटी नामक शहरमा आयोजना भएको चित्रकला प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् । प्रतियोगितामा सहभागी हुने केसी नेपाली मूलका एक मात्र कलाकार छन् ।
उनले जुरिड आर्टिस्टको रुपमा उक्त प्रतियोगिता सहभागी हुँदा उनले ४० जना अमेरिका भरिका कलाकारलाई पछि पार्दै पहिलो स्थान भएका हुन् । उक्त प्रतियोगितामा अमेरिका भरिका थुप्रै कलाकारहरुले सहभागी हुन् पाउँछन् तर निर्णायक समितिले ४० जनालाई मात्र छनौट गर्दछ ।
४० जना मध्ये उत्कृष्ट मध्ये चित्रकार केसी प्रथम भएका हुन् । उनले उक्त प्रतियोगितामा प्रथम भएपछि सामाजिक संजाल मार्फत उनले यो मेरो जीवन-यात्राको धेरै शीर्ष चुनौती हो भनि खुशी व्यक्त गरेका छन् ।
उनले उक्त प्रतियोगितामा दुई वटा चित्रकला बनाएका थिए भने उक्त चित्रकला तुरुन्तै बिक्री भएको छ । उक्त प्रतियोगिता मेरिल्याण्ड राज्यको ऐतिहासिक शहर एलिकोटमा जुन १० -१३ सम्म चलेको थियो । गत जुन १८ शुक्रबारका दिन जुम (परोक्ष ) माध्यमबाट कलाकार राजेन्द्र केसीलाई पुरस्कार प्रदानको घोषणा गरेको थियो ।
यस विजयी संगै फेरी मेरिल्याण्डमा हुने अर्को प्रतियोगितामा केसी सहभागी हुने भएका छन् । डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाइरहने गर्दछन् । काठमाडौँ जावलाखेल घर भई झन्डै १४ वर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा आफूभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउँदा उकुसमुकुस भएको बताएका छन् ।
।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।