अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।
अमेरिकाको न्युजर्सीस्थित ड्रु विश्वविद्यालयमा साढे २ वर्षदेखि अध्ययनरत सिराहाका अजय साहको शव भेटिएको हो । स्थानीय सञ्चारमाध्यम प्याचडटकममा प्रकाशित समाचार अनुसार न्युजर्सीमा बसोबास गर्ने उनी गत जनवरीमा न्युयोर्कका लागि प्रस्थान गरेका थिए । तर मोरिस काउन्टी अभियोजक कार्यालयले अचानक उनको शव फेला पारेको छ ।
अमेरिकाकै टेक्ससमा बसोबासरत अजयका दाजु शिव साह गत जनवरी १८ देखि भाइ हराइरहेको भन्दै खोजी क्रममा न्युजर्सी आइपुगेका थिए । त्यस क्रममा उनले २२ वर्षीय भाइ अजय मृत फेला परेको खबर पाएका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार मार्च ९ मा ब्रुकलिनको एङ्कोरेज नहरमा उनको शव फेला परेको हो । न्युजर्सीबाट उनी न्युयोर्कको पेन स्टेसनमा देखिएको अनुसन्धानबाट पत्ता लागेको छ ।
गत मार्चमा सडक र अन्य स्थानका सीसी क्यामेराका उनी ब्रुकलिनको पुलमा देखिएका हुन् । बेपत्ता भएका अजय साह अन्तिमपटक गत जनवरी १९ राति साढे ११ बजेसम्म न्युजर्सीको नेवार्क-पेन स्टेसनमा देखिएको पाइएको छ । उनको शव परिवारको जिम्मा लगाउन बाँकी नै छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।